Logo
Logo

बीमा समितिका अध्यक्ष सिलवालले लिए सपथ


- दृष्टि संवाददाता

945
Shares

काठमाडौं, २२ माघ । बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्यप्रसाद सिलवालले सपथ लिएका छन् । बिहीबार उनलाई अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगानाले सपथ गराएका हुन् ।

पिथ लगत्तै बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवालले बीमा कम्पनीको पहुँच बिस्तारका साथै कम्पनीको विश्वसनीयता बढाउन आफु खरो उत्रिने बताएका छन् । नीतिगत कुराहरुलाई फास्टट्रयाकमा लैजान मन्त्रालयको सहयोगको अपेक्षा रहेको उनले बताए ।

बीमा क्षेत्रको वर्तमान समस्यालाई समाधान गर्दै नीतिगत र संरचनालाई समिक्षा गर्ने बताए । कार्यक्रममा उपस्थित अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सचिव ढुंगानाले आगामी दिनमा बीमा पहुँच बढाउनुपर्ने बताए । उनले बीमा क्षेत्रमा सुशासनको समस्या रहेको भन्दै राम्रो नियमको विकास गर्नुपर्ने चुनौती समेत रहेको जानकारी दिए ।

सपथ कार्यक्रममा उपस्थित अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्