Logo
Logo

एसईई आवेदन फारम भर्ने म्याद ६ फागुनसम्म


- दृष्टि संवाददाता

315
Shares

काठमाडौं, २२ माघ । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा समावेश हुन आवेदन फाराम भर्ने म्याद ६ फागुनसम्म थपेको छ । यसअघि २१ माघभित्र आवेदन फाराम भर्ने/भराउने गरी सूचना जारी गरेको पनिकाले विद्यालयको माग समेतलाई आधार मानेर म्याद ६ फागुनसम्म थपेको हो ।

२०७७ को एसईई परीक्षामा समावेश हुन शैक्षिक सत्र २०७७ मा कक्षा १० मा नियमित अध्ययनरत एवं ग्रेड वृद्धितर्फका विद्यार्थीले आवेदन फाराम भर्न सक्नेछन् । पनिकाले १२ फागुनभित्र विद्यालयहरूले आवेदन फारामका साथ परीक्षा दस्तुरबापतको राजस्व बैंक दाखिला भौचरसमेत संलग्न गरी अनिवार्य रूपमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसक्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्