Logo
Logo

म्यानमारमा फेसबुक बन्द


- दृष्टि संवाददाता

504
Shares

एजेन्सी, २२ माघ । म्यानमारमा सेनाले ‘कू’ गरेपछि सेनाको आदेशमा इन्टरनेट सेवाहरू बन्द गरिएका छन् ।म्यानमारमा फेसबुक प्रयोगमा ७ फेब्रुअरी सम्मका लागि पूर्ण रुपमा प्रतिबन्ध लगाइएको हो ।

म्यानमारको सञ्चार तथा सूचना मन्त्रालयले देश लाई अस्थिर बनाउन फेसबुकमार्फत हल्ला फैलाइरहेकाले ३ दिनका लागि फेसबुक बन्द गरेको जनाएको छ । नेतृ आङ साङ सू चीको रिहाइको माग गर्दै प्रदर्शन हुने आशंकाले सेनाले इन्टरनेटमा प्रतिबन्ध लगाएको छ । म्यानमारमा ५३ करोड मानिस फेसबुकको प्रयोग गर्छन् ।

म्यानमारको अदालतले आयात निर्यात कानूनको उल्लंघन गरेको आरोपमा सूची र राष्ट्रपतिलाई १४ दिनको लागि हिरासतमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्