Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : नेकपा प्रचण्ड समूहको आमहड्तालदेखि ओली समूहले शुक्रबार गर्ने सभाको तयारीसम्म


- दृष्टि संवाददाता

1.2k
Shares

हेडलाइन्स् :

१. नेकपा प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्तालको असर देशभर, ट्याक्सी जलाइएकोमा नागरिकस्तरबाट विरोध, जनकपुरमा भएको झडपमा घाइते मातृका यादव र रामचन्द्र झासहित चार नेता ट्रमा सेन्टरमा भर्ना, हड्ताल सफल भएको प्रचण्ड–माधव समूहको निष्कर्ष ।

२. आम हड्ताल गरेर नागरिकलाई पीडा दिएकोमा प्रधानमन्त्री केपी शर्मा असन्तुष्टी, कानूनको पालना गर्न प्रचण्ड–माधव समूहलाई सुझाव, गरीबलाई पीडा दिएर महान क्रान्तिकारी बन्न नखोज्न चेतावनी ।

३. नेकपा ओली समूहको सभामा काठमाडौंँ बाहिरबाट गाडीका गाडी मानिस भित्राउने क्रम जारी, नारायणहिटी दरबार अगाडी स्टेज निर्माण हुँदै, सुरक्षाको कारण शुक्रबार दरबारमार्गका व्यापारीले व्यापार बन्द गर्ने ।

४. प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सरकारी पक्षबाट बहस जारी, विघटन गर्ने विशेष अधिकार प्रधानमन्त्रीलाई भएको अधिवक्ताको तर्क, नजिर समेत हेर्न न्यायाधीशलाई आग्रह ।

५. कोरोना भाइरस विरुद्धको खोपको पहिलो चरणको अभियान सकिन दुई दिन बाँकी, ६ महिनाभन्दा बढी स्तनपान गराइरहेका महिलालाई खोप लगाउने सरकारको निर्णय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय सीमाका प्रवेश बिन्दुमा काम गर्ने कर्मचारी, सुरक्षाकर्मी, कारागारमामा बस्ने व्यक्ति र छुट भएका स्वास्थ्यकर्मीहरुलाई खोप दिइने ।

६. खाद्य व्यवस्था तथा ब्यापार लिमिटेड कम्पनीले हुम्ला जिल्लामा पहिलो पटक पुर्‍यायो स्टीम जिरा चामल, प्रतिकेजी बयासी रुपियाँ र कर्मचारीलाई प्रतिकेजी पचासी रुपियाँ मुल्यमा विक्री हुँदै ।

७. कोभिडको महामारी र लकडाउनबाट थला परेको नेपाली अर्थतन्त्र सत्तारुढ दल नेकपाको आन्तरिक कलह र बन्द हड्तालको मारमा, हड्तालबाट सांढे २ अर्ब भन्दा बढी नोक्सानी भएको व्यवसायीको भनाइ ।

८. साताको अन्तिम कारोवारको दिन सेयर बजारमा ८ अंकको वृद्धि, लघुवित्तको सेयर मूल्य बढेपछि बजार हरियो, सात अर्बको कारोवार ।

९. आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजका लागि राष्ट्रिय टीम घोषणा, बन्द प्रशिक्षणमा ३२ खेलाडीलाई बोलाइयो, राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक, दोस्रो लिग चरणका खेल शनिवारबाट हुने ।

१०. र, म्यानमारमा सेनाले लगायो तीन दिनका लागि फेसबुकमा प्रतिबन्ध, अमेरिकी संसद भवनमा आक्रमण गरेको भन्दै क्यानडाद्वारा प्राउड बोइजलाई आतंककारी घोषणा, अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सेनाले गरेको कारबाहीमा १५ जना तालिवान लडाकू मारिए ।

 

प्रतिक्रिया दिनुहोस्