काठमाडौं, २३ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज प्रतिनिधिसभा विघटनको पक्षमा शक्ति प्रदर्शन गर्दैछ । नारायणहिटी दरवार संग्राहलयको अगाडि हुने सभाममा सहभागी गराउँन विभिन्न जिल्लाबाट कार्यकर्ताहरु ल्याइएकोछ ।
आजको सभामा दुई लाखभन्दा बढी कार्यकर्ता उतार्ने ओली समूहले दाबी गरेको छ । काठमाडौंमा जम्मा भएका कार्यकर्ताहरु विभिन्न १३ स्थानबाट प्रदर्शनसहित निस्किनेछन् । प्रदर्शन मध्यान्ह १२ बजे आमसभामा परिणत हुने नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्रीको सिफारिसमा राषट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि नेकपा विभाजित बनेको छ । त्यसपछि दुबै समूहले सडक प्रदर्शन, भेला, सभाहरुलाई तीव्रता दिएका छन् ।
आजको सभामा प्रधानमन्त्री केपी शर्मा ओली सहित कामचलाउ सरकारका मन्त्रीहरुले सम्बोधन गर्ने भएका छन् । यसअघि यो समूहका
युवा संगठनले बिहीबार साँझ काठमाडौंमा मार्चपाससमेत गरेको थियो । बिहीबार मात्र प्रचण्ड–माधव समूहले आम हड्ताल आयोजना गरेको थियो ।