Logo
Logo

संवैधानिक आयोगका नियुक्तिविरुद्ध सभामुखले नै सर्वाेच्चमा मुद्दा हाल्ने


- दृष्टि संवाददाता

441
Shares

काठमाडौं, २३ माघ । 

११ वटा संवैधानिक आयोगमा जबरजस्ती गरिएका नियुक्तिविरुद्ध सभामुख अग्नि प्रसाद सापकोटाले मुद्दा हाल्ने भएका छन् । शुक्रबार सर्वाेच्च अदालतमा उपस्थित भएर उनले रिट दायर गर्न लागेका छन् ।

संसदीइ सुनुवाई नै नगरी बुधबार ११ आयोगमा ३२ जना नियुक्त गरिएको थियो । सभामुख सापकोटाले संसदीय सुनुवाईसम्बन्धि पत्र फिर्ता पठाएका थिए । सपथ ग्रहणमा समेत उपराष्ट्रपति र सभामुख अनुपस्थित थिए । प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भागबन्डा गरेर ३८ जनाको नियुक्ति गरिएको थियो ।

यसअघि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र ओम प्रकाश अर्यालले पनि नियुक्तिविरुद्ध रिट दायर गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्