काठमाडौं, २३ माघ । संवैधानिक आयोगहरुमा भएका नियुक्ती बदर गर्न सभामुख अग्नि सापकोटा सर्वोच्च अदालतमा रिट निवेदन लिएर पुगेको छन् । संवैधानिक आयोगमा असंवैधनिक नियुक्ति गरिएको भन्दै शुक्रबार सर्वोच्च गएको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जनाए ।
सरकारले अध्यादेशमाफर्त संवैधानिक परिषद् बैठक बोलाएर ११ संवैधानिक आयोगहरुमा ३२ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेका थिए । परिषद बैठकमा समेत सहभागी नभएका सभामुख सापकोटाले नियुक्तिको सिफारिसलाई असंवैधानिक भन्दै फिर्ता पठाएका थिए ।
सभामुखको रिटमा संवैधानिक परिषदले विभिन्न ११ निकायमा नियुक्तिका लागि गरेको सिफारिस, नियुक्ती र उनीहरुका काम कारवाही बदरको माग गरिएको छ । सअघि संवैधानिक नियुक्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । समामुखद्वारा दायर रिटमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत ३९ जनालाई विपक्षी बनाइएको छ ।
यसअघि असंवैधानिक नियुक्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए
यता राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्ति गरिसकेकी छन् । उनीहरुको पद तथा गोपनियताको शपथ पनि भइसकेको छ । सरकारको उक्त कदमको चौतर्फी आलोचना भइरहेको छ भने नेकपा प्रचण्ड–माधव समूहले यसै विरोधमा बिहीबार आमहड्ताल गरेको थियो ।