बाजुरा, २३ पुस । साँफे–मार्तडी सडकखण्ड अन्तर्गत पर्ने जडांगामा निर्माण भइरहेको बेलिव्रिजको निर्माणकार्य सम्पन्न गरेको छ । निर्माणको लागि ठेक्का पाएको एमके विल्डर्स एण्ड कन्ट्रक्शन कम्पनी कैलालीले बेलिब्रिजको निर्माणकार्य सम्पन्न गरेको हो । ठेक्का पाएको उक्त कम्पनीले एक करोड ८८ लाखमा बेलिब्रिज निर्माणकार्य सम्पन्न गरेको कम्पनीका सञ्चालक चक्रबहादुर शाहले बताएका छन् ।
पुस २ गतेबाट निर्माणकार्य शुरु गरेको कम्पनीले माघ मसान्तभित्र सक्ने गरी निर्माणकार्य तीव्र पारेको हो । गएको साउन २५ गते अविरल वर्षासँगै नदीमा आएको बाढीले बेलिव्रिज बगाएर लिएको थियो । बेलिब्रिज बगाएर लगेपछि छ महिनादेखि मार्तडीमा सवारी साधनसमेत आवतजावत बन्द भएका थिए ।
बाढीले बेलिव्रिज बगाएपछि अहिले बल्देसम्म बस तथा ट्रक सञ्चालन हुँदै आएका छन् । बाढी र पहिरोका कारण सडकमा पहिरो जान थालेपछि मार्तडीको सडकसँगको सम्बन्धबिच्छेद बनेको थियो । कम्पनी र भौतिक पूर्वाधारसँग सम्झौता भएपछि जतिसक्दो चाँडो, बलियो र मजबुत बनाएर जिल्लाको सहजरुपमा आवतजावत कार्य सुचारु गर्ने गरी कार्य सकिएको कम्पनीका सञ्चालक शाहले जानकारी दिए ।
निर्माणकार्य सकिएको भए पनि बेलिब्रिज २÷४ दिनपछि मात्र हस्तान्तरण हुने कम्पनीका सञ्चालक शाहले भने । निर्माण गर्दा केही छुटेको र बेलिव्रिजका नट बोल्टहरु कसाउनुपर्ने भएकाले हस्तान्तरण गर्न केही दिन लाग्ने उनको भनाइ छ । साउन २५ गतेको बाढीले बाजुरामा बाढीले बेलिब्रिजसँगै सडकलगायत बस्ती बगाएको थियो ।
अहिले बेलिबिज्र बगाएको ठाउँमा नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा काठेपुल हालेर खच्चर र मानिस आवतजावत गर्ने गरिएको छ । साउन २५ गते राति आाएको बाढीले बुढीगंगा नदीमा बेलिब्रिजसँगै झोलुङ्गे पुलहरुसमेत बगाएको थियो । नदी किनारमा रहेको खेतीयोग्य जमिन र घरहरु पनि बगाएर क्षति पुर्याएको छ ।