काठमाडौं, २३ माघ । नेकपा ओली पक्षका नेता कृष्णगोपाल श्रेष्ठले आगामी बैशाख १७ गते निर्वाचन सकिने र २४ गते विशाल जनसभा गर्ने बताएका छन् ।
नेकपा ओली समूहले नारायणहिटी संग्रहालय अगाडि आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
शिक्षामन्त्री समेत रहेका श्रेष्ठले भने, ‘आगामी अर्को माघ २४ गते पनि यस्तै जनसभा गरिनेछ ।’ उनले प्रचण्ड–माधव नेतृत्वको नेकपालाई नक्कली सिसाको संज्ञा दिए । उनले भने, ‘प्रचण्ड–माधवहरु नक्कली सिसाको टुक्राहरु हुन् । उनीहरु फुटेर गए । सक्कली हिरा र सुन यता छन् ।’ नेता श्रेष्ठले ंविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलन गर्नुपरेको समेत दावी गरे ।