काठमाडौं, २३ माघ । नेकपा ओली पक्षका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले देश प्रतिगमनतिर लागेकाले नारायणहीटी दरबारअगाडि जनसभा गरेर गणतन्त्रको रक्षा गर्न खोजेको बताएका छन् । शुक्रबार ओली पक्षले काठमाडौंमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो दावी गरेका हुन् ।
गृहमन्त्री थापाले पार्टी एकता गर्दाताका एकथरीले एउटा कुरा गरेको र अहिले अर्कै बाटोमा लागेको भन्दै गुट र फुटवादीहरुलाई सचेत हुन समेत सुझाव दिए । नेतृत्वलाई विस्थापित गर्न खोज्दा मुलुकमा अस्थिरता निम्तिएको समेत उनको भनाइ छ ।
उनले भने, ‘अस्थिरता उत्पन्न हुुनुमा राजनीतिक सत्ता जोडिएको छ । ठीक ढंगले बुझेर मात्रै समाना गर्न सक्छौँ । मुख्यत राजनीतिक सत्ता र नेतृत्वसँग ३ वटा प्रश्न जोडिएको छ ।’
गृहमन्त्री थापाले केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको र अध्यक्ष र राष्ट्रपतिसँग जोडिएको बचाउँदै तीनटै नेतृत्व अपदस्त गर्ने कुरालाई नबुझे असाधारण स्थितिलाई समाधान गर्न नसक्ने बताए ।