Logo
Logo

संवैधानिक आयोगमा गरिएका नियुक्तिबारे सर्वोच्चद्धारा कारण देखाउ आदेश


- दृष्टि संवाददाता

1.6k
Shares

काठमाडौं, २३ माघ । सरकारले संवैधानिक आयोगहरुमा गरेको नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
माघ २० गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायाधीश कुमारप्रसाद रेग्मीको एकल इजलासले सरकारसँग १५ दिनभित्र लिखित जवाफ पेश गर्ने गरी कारण देखाउ आदेश जारी गरेको हो ।
संसदीय सुनुवाइ नगरी गरिएको नियुक्ति गैरसंवैधानिक रहेको भन्दै अधिवक्ता त्रिपाठीले नियुक्ति रोक्न माग गरेका थिए । संसदीय सुनुवाइ छलेर संविधानले नियुक्ति गर्ने अधिकार सरकारलाई नदिएको अवस्थामा त्यसविपरीत भएको नियुक्ति सिफारिस रोक्न रिटमार्फत अधिवक्त त्रिपाठीले माग गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्