Logo
Logo

चौदण्डीगढीले अनुबन्ध गर्‍यो चार विदेशी खेलाडी


- दृष्टि संवाददाता

378
Shares

काठमाडौं, २३ माघ । राष्ट्रिय महिला लिगमा नराम्ररी हार बेहोरिरहेको चौदण्डीगढी नगरपालिकाले जारी लिगका लागि चार जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । पहिलो चरणको लिग सकिँदा निकै कमजोर प्रदर्शन गरेको चौदण्डीगढीले भारतबाट चार खेलाडीलाई ल्याएको हो ।
पहिलो चरणको खेल सकिँदा चौदण्डीगढी ६ वटै खेल हारेको थियो भने कुल ६२ गोल खाएको थियो । दोस्रो चरणमा सुधारिएको प्रदर्शन गर्नका लागि टिमले चार विदेशी खेलाडी ल्याएको हो । जसमा सबै पोजिसनमा एक एक खेलाडीलाई ल्याएको छ । चौदण्डीगढीले भित्र्याएका खेलाडीमा सुजाता राई स्ट्राइकर, एंगेला भुटिया मिडफिल्डरमा, ऐइनित लेप्चा डिफेन्डर, दिपशिखा विश्वकर्म गोलकिपर छन् ।

पहिलो चरणमा चौदण्डीगढीका तीन वटै गोलकिपर घाइते हुँदा स्ट्राइकरले गोलपोष्ट सम्हाल्नु परेको थियो । यस्तै टिमका अरु खेलाडीमा पनि फिटनेसको निकै समस्या देखिएको थियो । निकै कम समयमा तयारी गरेर चौदण्डीगढी महिला लिग खेल्नका लागि आएको थियो ।

नयाँ आएका विदेशी खेलाडीको पीसीआर परिक्षण गरिएको छ । यदि उनीहरुको रिपोर्ट नेगेटिभ आएमा शनिबार हुने आर्मीविरुद्धको खेलमा उतार्ने तयारी चौदण्डीगढीकोे छ ।

प्रतिक्रिया दिनुहोस्