Logo
Logo

आइपीएलको अक्सन १८ फेब्रुअरीमा, आठ नेपाली खेलाडी पनि समावेश


- दृष्टि संवाददाता

1.5k
Shares

काठमाडौं, २३ माघ । आउँदो १८ फेब्रुअरीमा हुने फ्रेन्चाईज क्रिकेट लिग ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सनमा ८ नेपाली खेलाडी अक्सनमा परेका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले बताए अनुसार एसोसियट राष्ट्र नेपालबाट ८ खेलाडी अक्सनमा परेका हुन् ।

ति आठ खेलाडी को को हुन् खुलाइएको छैन । पहिलो पटक अक्सनमा यतिधेरै नेपाली खोलडी परेका हुन् । यस वर्षको आईपीएलका लागि कुल १ हजार ९७ जना खेलाडी अक्सनका लागि दर्ता भएको जानकारी दिएको छ ।

बीसीसीआईका अनुसार २७ जना खेलाडी एसोसियट राष्ट्रबाट अक्सनमा दर्ता भएका छन् । जसमा ८ खेलाडी नेपालका छन् । आईपीएलको नयाँ सिजनका लागि भारतका ८ सय १४ र बाहिरका २ सय ८३ खेलाडी अक्सनमा परेका छन् ।

आईपीएललाई विश्व क्रिकेटको सबैभन्दा महङ्गो फ्रेन्चाई लिग मानिन्छ । विश्वभरका स्टार क्रिकेटर खेल्ने आईपीएलमा नेपालबाट सन्दीप लामिछानेले दुई सिजन खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्