Logo
Logo

केटु आरोहीलाई पोखरामा नागरिक अभिनन्दन गरिने


- दृष्टि संवाददाता

378
Shares

कास्की, २३ माघ । शिशिर ऋतुमा दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहरण गरेर कीर्तिमानी राख्न सफल १० नेपाली पर्वतारोहीको टोलीलाई पोखरामा नागरिक अभिनन्दन गरिने भएको छ । पोखराका पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्को आयोजनामा २६ माघमा पोखरा विमानस्थलमा बाजागाजासहित स्वागत गर्दै बजार परिक्रमा गरेर अभिनन्दन गर्न लागेको हो ।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइले भने,‘यो नेपालको शिर उचो बनाउने निकै गर्विलो क्षण हो, विश्वमाझ नेपाललाई थप चिनाउन सफल आरोही हिरोलाई पर्यटकीय नगरी पोखरामा भव्य स्वागत गर्न पाउनु निकै खुशीको कुरा हो ।’

उनले विदशी पर्यटक नेपाल आउन खोजेपनि सरकारको नीति नियमले बाधा पुर्‍याइरहेको जनाउँदै कोरोनाको खोप लगाएका पर्यटकलाई सहज आगमनको व्यवस्था गर्न र गण्डकी प्रदेशले शुभारम्भ गरेको एक अर्बको व्यवसाय जीवन रक्षा कोषको पनि सबै व्यवसायीलाई सर्कुलर गरेर छिटोभन्दा छिटो कार्यान्वयनसमेत गर्न सोही पत्रकार सम्मेलनमार्फत सरकारलाई आग्रह गरे ।

उक्त अभिनन्दन कार्यक्रमका संयोजक ट्रेकिङ्ग एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्लका अध्यक्ष सुशिलराज पौडेलले ‘किलर माउण्टेन’ भनेर चिनिने निकै चुनौतिपूर्ण रहेको केटु हिमालको सफल आरोहरणले नेपालको नामलाई विश्वमा चिनाउन सफल भएको बताए । उनले आरोही दलका संयोजक नवीन पुर्जा गण्डकी प्रदेशको म्याग्दी जिल्लाको भएकाले पनि यो प्रदेशके लागि झन ठूलो र गर्विलो क्षण भएको बताए ।

पाकिस्तानमा रहेको केटु हिमाल (८६११ मिटर) नेपालका १० जना पर्वतारोहीले माघ ३ गते शनिबार आरोहरण गरेर इतिहास रचेका थिए । उक्त हिमालमा हिउँदको समयमा कोही आरोहीपनि पुग्न सकेको थिएनन् । हिमाल आरोहरण गर्ने निर्मल पुर्जाको आरोहरण दलका नेपाली मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा र अर्को आरोहण दलमा मिङमा जी शेर्पा, दावा तेन्जीङ शेर्पा, किलु पेम्बा शेर्पा छन् भने सेभेन समिट नामको आरोहरणबाट सोना शेर्पाले सफल आरोहरण गर्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्