Logo
Logo

बाजुरामा वर्षा सँगै हिमपात, जनजीवन प्रभावित, किसान खुशी


-नन्दा थापा

441
Shares


माघ २३, बाजुरा । बिहीबार रातिबाट बाजुराको तल्लो क्षेत्रमा वर्षा भएको छ भने हिमाली भेगहरुमा हिमपात सुरु भएको छ । जिल्लाका विभिन्न ठाउँमा हिमपात भएपछि चिसोले जनजिवन प्रभावित भएको हो ।


हिमपातका कारण चिसो बढ्न थालेपछि पूर्वी उत्तरी क्षेत्रमा पर्ने स्वामिकार्तिक, हिमाली, जगनाथ गाँउपालिका र बुढिनन्दा, छेडेदह त्रिवेणी, बुढीगङ्गा, बडिमालिका नगरपालिकाका ठाउँमा जनजीवन प्रभावित बन्दै गएको छ ।


बाजुराको सदरमुकाम मार्तडीदेखि कोल्टीको सडकमा बाक्लो हिमपात भएपछि यातायातका साधन समेत अबरुद्ध भएका छन् । सडकमा हिउँ जमेपछि गाडी चलाउन समस्या हुँदा बिहानदेखि यातायातका साधन ठप्प रहेको यातायात व्यवसायीहरुले बताएका छन् ।्

जनजीवन प्रभावित भएपनि किसान हर्षित
यो वर्ष लामो समयपछि वर्षासंँगै हिमपात भएपछि किसान भने हर्षित भएका छन् । हिउँदमा लगाएको बाली सुक्न लागेका समयमा वर्षा भएपछि कृषकहरु खुसी भएका हुन् । धेरै समयमा पछिको वर्षाले खेतमा लगाएको गहुँबाली तथा तरकारी बाली सप्रीने भएपछि कृषक खुसी भएका हुन् । विषेश गरी हिउदे खेतीको लागि लामो समयपछि वर्षाले ठुलो राहत मिलेको किसानको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्