Logo
Logo

प्रतिनिधिसभा विघटनविरुद्धमा पेशाकर्मी र श्रमिकको देशभर साङ्केतिक विरोध


- दृष्टि संवाददाता

693
Shares

काठमाडौँ, २४ माघ । प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली काँग्रेस आबद्ध पेशाकर्मी तथा श्रमिकद्वारा मुुलुकभर आज साङ्केतिक विरोध प्रदर्शन गरिएको छ ।

भौतिक दूरी कायम गरी कालो मास्क र कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन विरोध प्रदर्शन गरेका हुुन् । सोही क्रममा विरोधस्वरुप प्ले कार्ड, कालोपट्टी र कालो मास्क लगाएका समूूहद्वारा काठमाडौंको टुँडिखेललाई केही समय मानवसाङ्लो बनाई घेराउ गरिएको थियो ।

प्ले कार्डमा ‘प्रतिनिधिसभाको पुुर्नबहाली गर, संवैधानिक सर्वोच्चता कायम गर, सामाजिक भत्ता लागू, आमनागरिकलाई निःशुुल्क खोप यथाशीघ्र वितरण, सबै श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूूनतम पारिश्रमिक निर्धारण गर’ जस्ता माग लेखिएको थियो ।

उक्त विरोध प्रदर्शन नेपाल ट्रेड युुनियन काँग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन, नेपाल सांस्कृतिक सङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल, प्रजातन्त्रवादी चिकित्सक सङ्घ र नेपाल प्रेस युनियनलगायतका सङ्घसंस्थाको अगुुवाइमा भएको हो । विरोध प्रदर्शन गर्नुअघि ती सङ्गठनले कार्यक्रमलाई सहयोग, समर्थन र ऐक्यबद्धताका लागि सबै तह र तप्कासँग अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्