Logo
Logo

रश्मीकाे ह्याट्रिकमा आर्मीकाे सहज जीत


- दृष्टि संवाददाता

945
Shares

काठमाडौंँ, २४ माघ । उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई नौका विरूद्ध शुन्यले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै शर्मिला थापाले दुई तथा भुजङ्गा राई र अन्जली वाइवाले एक एक गोल गरे । आर्मीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

प्रतियोगिताकै कमजोर टिम चौदण्डीविरुद्ध आर्मीले १९ औं मिनेटमा रश्मीको गोलबाट अग्रता बनाएको थियो । रश्मीले चौदण्डीकी गोलरक्षक दिलशिखा विश्वकर्मासँगको वान भर्सेस वानमा गोल गरिन् ।

आर्मीविरुद्ध चौदण्डीले ४ विदेशी खेलाडीलाई मैदान उतारेको थियो । चौदण्डीले भारत सिक्किमका गोलरक्षक दिपशिखासहित, एन्जिला भुटिया, एमित लेप्चा र सुजता राईलाई मैदान उतारेको थियो ।

जितसंगै आर्मीले ७ खेलमा १६ अंक जोडेको छ । आर्मी दोस्रो स्थानमा रहेको छ । चौदण्डीको यो लगातार सातौं हार हो । चौदण्डी अंक विहीन रहँदै पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्