Logo
Logo

काठमाडाैं आसपासका डाँडामा हिउँ पर्‍याे


- दृष्टि संवाददाता

1.6k
Shares

काठमाडौं, २४ माघ । देशभर चिसो बढेको छ भने हिमाली क्षेत्रमा हिमपात भएको छ । पश्चिमी न्यून चापीय प्रालीको प्रभावका कारण शनिवार देशभर चिसो बढेको हो । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार प्रदेश १ का धेरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

यस्तै देशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपात भइरहेको महाशाखाले जनाएको छ । महाशाखाले राति पनि केही स्थानमा वर्षा र उच्च पहाडी भू–भागमा हिउँ पर्ने जनाएको छ ।

काठमाडौंका पहाडमा हिउँ
काठमाडौंबाट देखिने नजिकैका पहाडमा समेत हिउँ परेको छ । चन्द्रागिरीमा हिउँ परेसँगै खेल्न जानेको भीडा लागेको छ । नगराकोट, फुलचोकीमा समेत हिउँ परेको छ भने सामाजिक सञ्जाल प्रयोगकर्ताले सेताम्मे भएको पहाडको तस्वीर सामाजिक सञ्जालमा पोष्ट समेत गरेका छन् । डाँडामा हिउँ परेकाे केही तस्वीरहरू :

 

प्रतिक्रिया दिनुहोस्