Logo
Logo

प्रधानमन्त्री केपी शर्मा ओली डरलाग्दो तानाशाह बने : घनश्याम भुसाल


- दृष्टि संवाददाता

1.3k
Shares

झापा, २४ माघ । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली डरलाग्दो तानाशाह बनेको आरोप लगाएका छन् । प्रचण्ड–नेपाल समूह संघर्ष समिति झापाको बिर्तामोडले शनिबार आयोजना गरेको कार्यकर्ता भेला तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै नेता भुसालले प्रधानमन्त्री ओली पूर्वराजा ज्ञानेन्द्र भन्दा पनि डरलाग्दो तानाशाह भएको आरोप लगाएका हुन् ।

उनले ओलीको असंवैधानिक संसद् विघटनले मुलुक डरलाग्दो भुमरीमा फसेको समेत तर्क गरे । ‘प्रधानमन्त्रीको ठूलो हतियार नै संसद् हो, उहाँले संसद् विघटन गरेर त्यसको हत्या गरिसक्नुभयो, त्यसपछिको हतियार पार्टी हो, त्यो पनि उहाँले विभाजित बनाइसक्नुभयो, अब उहाँ गुन्डा र मण्डले शक्तिको पछाडि लागेकाले अन्ततः हातमा केही पनि रहँदैन, त्यसपछि मुलुक डरलाग्दो भुमरीमा फस्ने निश्चित छ,’ भुसालले भने, ‘कदाचित् सर्वोच्च अदालतले संसद् विघटनलाई सदर गरिदियो भने ओलीले राष्ट्रपतिसहित सबै संवैधानिक निकाय आफ्नो कब्जा लिन्छन्‌, मुलुक एउटा विद्रोहमा जान्छ, त्यसलाई कसैले चाहेर पनि रोक्न सक्दैन।’

ओलीले सेटिङ मिलाएर संसद् विघटन गरेकाले वैशाखमा कुनै हालतमा निर्वाचन नहुने भुसालले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्