Logo
Logo

चन्द्रागिरीको शेयर आइतबारबाट कारोवारमा आउने


- दृष्टि संवाददाता

819
Shares


काठमाडौं, २४ माघ । एक महिना अघि आइपीओ निष्काशन गरेको चन्द्रागिरी हिल्सको आइपीओ भोलि (आइतबार) देखि कारोबारमा आउने भएको छ । शुक्रबार कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै माघ २५ गतेदेखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने भएको हो ।

चन्द्रागिरी हिल्सले सर्वसाधारणमा बिक्री गरेको समेत गरी डेढ कारोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्जले शुक्रबार कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर आइतबारदेखि कारोबारमा आउने गरी सूचीकृत गरेको हो ।

चन्द्रागिरीले सर्वसाधारणमा पुस २४ गते २८ गतेसम्म १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गरेकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो । कम्पनीको आईपीओ १० कित्ताका दरले १ लाख ३९ हजार ६ सय २ जनाले गोलाप्रथाबाट पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्