Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : बैतडीमा १७ वर्षीया किशोरीको हत्यादेखि देशभर भएको हिमपात र वर्षासम्म


- दृष्टि संवाददाता

882
Shares

हेडलाइन्स् :

१. बैतडीको दोगडाकेदार गाउँपालिका–७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्ट को शव भेटियो, बलात्कारपछि हत्या गरिएको आशंका, जिल्ला अस्पतालमा पोष्टमार्टम हुँदै, निर्मला पन्त हत्या प्रकरणका अनुसन्धानजस्तै यस घटनामा गैरजिम्मेवार नबन्न नेकपा प्रचण्ड–माधव समूहको सरकारसँग आग्रह ।

२. आफू प्रधानमन्त्री पदका लागि आन्दोलन वा संघर्ष नगरेको नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दावी, मुलुकको वर्तमान अवस्थाबारे श्वेतपत्र जारी छिटै गर्ने प्रतिबद्धता, दक्षिण पन्थी र बामपन्थी अतिवादले मुलुकमा समस्या निम्ताएको प्रचण्डको तर्क ।

३. प्रतिनिधिसभा विघट विरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाको मौन प्रदर्शन, प्रदर्शनले सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध जनभावना अभिव्यक्त गरेको शेरबहादुर देउवाको तर्क, अदालतको निर्णयपछि मात्रै संयुक्त आन्दोलनबारे सोचिने रामचन्द्र पौडेलको भनाइ ।

४. पश्चिमी न्यून चापीय प्रभावले उपत्यकासहित देशभर वर्षा, काठमाडौंसहित उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, तेस्रो पटक हिमपात भएको हुम्लाको दिउँसो नै तापक्रम माइनसमा, मनाङमा हिउँ पर्दा जनजीवन कष्टकर भएपनि स्थानीयमा छायो खुसी ।

५. प्रदेश १ को प्रदेशसभा बैठक आतबारका लागि बोलाइयो, मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्ने तयारी, डटेर सामना गर्ने मुख्यमन्त्री शेरधन राईको भनाइ ।

६. सुकुम्बासीको हातमा लालपूर्जा दिन सरकार आतुर रहेको भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री शिवमाया तुम्बाहाङफेको दावी, सरकारको आतुरतालाई व्यवहारमा उतार्न भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरूलाई निर्देशन ।

७. प्रदेश नम्बर एकको प्रदेश सभा गठन भएको ३ वर्ष पूरा, चार विधेयक परित, प्रदेशको नामाकरणको बिषय अधुरै, पहिलो अधिवेशनबाट ११, दोस्रोबाट १२, तेस्रोबाट ४, चौथोबाट १२, पाँचौबाट ६ र छैटौ अधिवेशनबाट ४ वटा विधेयक पारित ।

८. चन्द्रागिरी हिल्सको शेयर कारोवार आइतबारबाट हुने, चालु आर्थिक वर्ष २०७७र७८ को साउनदेखि कात्तिकसम्ममा कृषि उपजका निकासीमा वृद्धि, सोधानान्तर घाटा घट्यो, भाडा बढाउनुपर्ने माग राख्दै ट्याक्सी व्यवसायी पुनः आन्दोलित ।

९. राष्ट्रिय महिला लिग फुटबलमा त्रिभूवन आर्मीको सहज जीत, चार विदेशी खेलाडी भित्राएको चौदन्डीगढी नगरपालिका नौ शून्य गोल अन्तरले पराजित, राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा ।

१०.र, चीनको वुहानस्थित समुद्री खानामा कोरोना भाइरस फैलिएको विश्व स्वास्थय संगठन ( डब्लुएचओ)को अनुमान, १८ महिनापछि भारत प्रशासित क्षेत्र जम्मु काश्मिरमा इन्टरनेट प्रतिबन्ध फुकुवा, कोरोना खोपका लागि अमेरिकाले सेना परिचालन गर्ने ।

प्रतिक्रिया दिनुहोस्