काठमाडौं, २४ माघ ।
साढे दुई वषैअघि महेन्द्रनगरमा हत्या गरिएकी निर्मला पन्तकै जस्तै गरी बैतडीमा भगिरथी भट्टको हत्या भएको छ । बैतडीको लवलेक जंगलस्थित खोचलेक–गिरेगडा सडकबाट करिब ३० मिटर तलको झाडीमा गत बिहीबार दिउँसो उनको शव भेटिएको हो ।
दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भट्ट सधैझैं स्कुल गएर फर्कने क्रममा बुधबार हत्या भएको हो । उनी दोगडाकेदार–३ स्थित् सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत थिइन्। उनको घरबाट विद्यालय पुग्न करिब १ घण्टाको पैदल दूरी हिँड्नुपर्छ।
बुधबार साँझसम्म भागिरथी घर नफर्किपछि उनको खोजी सुरु भएको थियो। मोबाइलमा सम्पर्क पनि हुन नसकेको र मान्छे पनि नभेटिएपछि परिवार र स्थानीयले नजिकैको खोचलेक प्रहरी चौकीमा खबर गरेका थिए। बधुबार रातरभमा पनि उनको अवस्थाबारे केही थाहा भएन। बिहीबार दिउँसो लवलेक जंगलमा उनको शव विद्यार्थीले देखेपछि प्रहरीलाई खबर गरिएको थियो।
स्थानीय प्रहरीले घटनास्थल कर्डन गरेर सुरक्षित ग¥यो। त्यसपछि जिल्लाका डिएसपी, सिडिओ, सरकारी वकिल, डाक्टरसहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको सुदूरपश्चिम प्रहरी प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी मुकेश सिंहले बताए।
घटनाको अनुसन्धानका लागि सिआइबी टोली समेत घटनास्थल पुगेको छ । तर, यो घटना निर्मला पन्त जस्तो जटिल नबन्ने प्रहरी अधिकारीहरु बताउँछन् । किनकी भट्टले मोबाइल बोक्थिन् । सो मोबाइलबाट केही शंकास्पद व्यक्तिहरुको क्लु प्रहरीले पाएको छ ।