काठमाडौं, २५ माघ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतबाट शनिबार राति तीन अभियुक्त भागेका छन् । भागेको केही घन्टापछि उनीहरु पक्राउ परेका छन् ।
उनका अनुसार सवारी ज्यान मुद्दाका थुनुवा नितेश शाही, कर्तव्य ज्यान मुद्दाका थुनुवा यज्ञ सार्की र खगेन्द्र सुनार शनिबार बिहान २ बजे फरार भएका थिए । सुरक्षा व्यवस्थापनमा कमजोरी हुँदा थुनुवा फरार थिए ।
फरार रहेका तीनैजनालाई चन्दननाथ नगरपालिका–९ बाट प्रहरीले पक्राउ गरिएको डिएसपी माधव काफ्लेले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको र प्रदेशस्तरीय छानबिन समिति गठन हुने प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए । प्रहरीको कमजोरीका कारण भागेकाले केही प्रहरीमाथि कारबाही गर्न लागिएको छ । डिएसपी काफ्लेको समेत यसमा कमजोरी देखिएको छ ।