Logo
Logo

आजको मौसमः कहिलेसम्म रहन्छ चिसो ?


- दृष्टि संवाददाता

126
Shares

काठमाडौं, २६ माघ । चिसो अझै रहिरहने तथा तराईका भू–भागहरुमा हुस्सु र कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्क हुन आग्रह मौसम पुर्वानुमान महाशाखाले गरेको छ ।

महाशाखाका अनुसार यो वर्ष पश्चिमी सक्रिय वायु ढिलो नेपाल प्रवेश गरेका कारण माघको अन्तिमसम्म पनि जाडो रहेको हो । शुक्रबार र शनिबार देशका विभिन्न भू–भागमा पानी परेका कारण अब भने विस्तारै जाडो हट्ने छ भने विस्तारै अब तापक्रम बढ्दै जाने महाशाखाले उल्लेख गरेको छ ।

काठमाडौंको आज विहानको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम २।७ डिग्री सेल्सियस मापन गरिएको हो । हिजो उपत्यकाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस थियो।

दिउँसो काठमाडौंको तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंको मौसम सफा रहने छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आँशिक बदली रहे पनि बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको विभागले राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्