काठमाडौं, २६ माघ । संसद विघटन र संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा भएको पदाधिकारीको नियुक्तिविरुद्ध विवेकशील नेपाली दलले राजनधानीमा प्रदर्शन गरेको छ ।
‘विधि विधान नकुल्च’ भन्ने नारासहित विवेकशीलले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । संसद विघटन भएदेखि रचनात्मक विरोध कार्यक्रम गर्दै आएको विवेकशीलले आज जुत्ता समेत झुण्ड्याएर प्रदर्शन गरेका छन् ।