Logo
Logo

असंवैधानिक कदमविरुद्ध सहिद तथा वेपत्ता परिवारको प्रदर्शन


- दृष्टि संवाददाता

567
Shares

काठमाडौं, २६ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध सहिद तथा वेपत्तायोद्धा परिवार वागमती प्रदेशले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

सोमबार बबरमहलबाट सुरु भएको विरोध प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । सहिदको रगतले लेखिएको संविधानको रक्षार्थ र प्रतिगामी कदमको भण्डाफोर गर्न प्रदर्शन गरिएको उनीहरुले बताएका छन् ।

प्रदर्शनमा सहभागीले ‘सहिद वेपत्ता पारिएकाहरूको एउटै आवाज असंवैधानिक कदम मूर्दावाद’, ‘निरकुंश तानाशाह मुर्दावाद’ लगायत नारा लगाएका थिए । त्यस्तै उनीहरुले वेपत्ताहरुको अवस्था सार्वजनिक गर्नुपर्ने माग समेत राखेका छन् ।

प्रदर्शनपछि आयोजित सभामा सहभागीले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले सहिद तथा वेपत्ता योद्धाको सपनामाथि वज्रप्रहार भएको बताएका थिए । नेकपा प्रचण्ड–नेपाल पक्षका नेता शक्ति बस्नेतले संसद विघटनदेखि संवैधानिक आयोगको नियुक्तीसम्म प्रधानमन्त्रीले संविधान मिचेर चालेको कदम भएको बताए । संविधानमाथि हमला गरेर लोकतन्त्रको आधारलाई भत्काउने षडयन्त्र भएकाले आन्दोलनमार्फत लोकतन्त्रको उपलव्धीलाई जोगाइने उनको दावी थियो । बस्नेतले सहिदका सपना पूरा गर्न संसद पुनःस्थापना हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्