Logo
Logo

बुद्ध एयरले गर्‍यो सेवा विस्तार


- दृष्टि संवाददाता

5.9k
Shares

काठमाडौं, २६ माघ । हवाई यात्रुको माग बढ्दै गएपछि निजी वायुसेवा कम्पनी बुद्ध एयरले सेवा विस्तार गर्ने भएको छ । दैनिक एक सय उडान अवतरण गराउने गरी बुद्ध एयरले सेवा विस्तार गरेको हो ।

कम्पनीका बजार तथा विक्री निर्देशक रुपेश जोशीले भने ‘अब हामी दैनिक एक सय भन्दा बढी उडान अवतरण गर्नेछौँ । समय यात्रुको उडान हाम्रो नाराका साथ हामीले नयाँ उडान तालिका बनाएका हौं । यात्रु सेवा सहजतालाई मध्यनजर गर्दै हामीले यो अवधारणना ल्याएका हौं,’ ।

कम्पनीले पोखरा, विराटनगर, भैरहवा, सिमरा, भरतपुर, भद्रपुर, जनकपुर र नेपालगञ्ज लगायत गन्तव्यमा उडान संख्या पनि थपेको जनाएको छ । हाल कम्पनीले नौवटा एटीआर–७२, तीन वटा एटीआर–४२ र दुईवटा बिचक्राफ्ट गरी जममा १४ वटा जहाजमार्फत देशका विभिन्न गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्