Logo
Logo

चोरी शिकारीमा संलग्न थप तीन जना पक्राउ


- दृष्टि संवाददाता

441
Shares

बाँके, २६ माघ । नेपाली सेनाले बाँकेमा हतियारसहित थप तीन जनालाई पक्राउ गरेको छ।

बाँके राष्ट्रिय निकुञ्जमा सञ्चालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त टोलीले हतियारसहित निकुञ्ज इलाकाभित्र अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सल्यान जिल्ला कालिमाटी गाउँपालिका– २ का ३८ वर्षीय रमेश घर्ति, २६ वर्षीय खेम बहादुर थापा र कालिमाटी गाउँपालिका– ३ का २० वर्षीय वीर बहादुर पुन मगर रहेका छन् ।

उनीहरूको साथबाट दुई थान भरूवा बन्दुक बरामद गरिएकाे छ । आवश्यक कारवाहीको लागि उनीहरूलाई बांके राष्ट्रिय निकुञ्‍ज कार्यालयमा बुझाएको सेनाले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जमा सेनाले गत शुक्रबार पनि हाततियारसहित ९ जनालाई पक्राउ गरेको थियो ।

‘अपरेशन महाहण्ट–७’ अन्तर्गत भइरहेका सफल कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जिवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरू नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्