Logo
Logo

प्रचण्ड–माधव समूहको विरोध प्रदर्शन बुधबार, तोकिए नेतृत्वकर्ता र रुट


- दृष्टि संवाददाता

8.6k
Shares

काठमाडौं, २६ माघ । नेकपा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध यो समूहले बुधबार विभिन्न स्थानबाट जुलुस निकाल्दै प्रदर्शन गर्न लागेको हो ।

काठमाडौंमा गर्न लागिएको प्रदर्शनलाई भव्य बनाउन प्रदर्शनको जुलुसका नेतृत्वकर्ता र सुरु हुने स्थानबारे विवरण नै सार्वजनिक गरेको छ । बुधबार बिहान ११ बजे पाँच ठाउँबाट जुलुस निकाल्ने जनाएको प्रचण्ड–माधव समूहले जुलुसको नेतृत्वकर्ता पनि तोकेको छ ।

यि हुन् जुलुस निस्किने स्थान र तोकिएका नेतृत्व :

१. पुल्चोकबाट सुरु भएको जुलुस कुपण्डोल हुँदै थापाथली र त्रिपुरेश्वर हुँदै सुन्धारा पुगेर मुल जुलुसमा मिसिने छ । यसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तले गर्नेछन् ।

२. त्रिपुरेश्वरबाट निस्कने जुलुसको अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल र जनार्दन शर्माले नेतृत्व गर्नेछन् ।

३. माइतीघरबाट निस्कने जुलुसको अमृत बोहरा, गिरिराजमणि पोखरेलले नेतृत्व गर्नेछन् ।

४. केशरमहलबाट दरबारमार्ग हुँदै जमल, कमलाक्षी हुँदै असन इन्द्रचोक हुँदै न्यूरोड हुँदै मुल जुलुसमा मिसिने छ । यसको नेतृत्व देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतले गर्नेछन् ।

५. र, जमलबाट कमलाक्षी हुँदै असनबाट न्यूरोड हुँदै सुनधाराको मूल जुलसमा मिसिने छ । यसको नेतृत्व लिलामणि पोखरेलले गर्नेछन् ।

यि बाहेक ११ बजे निस्किएको जुलुस १२ बजेभित्र सुनधारा पुगिसक्नुपर्ने भनिएको छ ।

बुधबार नेकपा प्रचण्ड–माधव समूहको जुलुसले सुनधारा देखि प्रदर्शनी मार्गसम्मको सडक अवरुद्ध हुने देखिएको छ भने त्यसदिन वैकल्पिक मार्ग प्रयोग गर्न पनि भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्