Logo
Logo

दक्षिण अफ्रिकाले लगायाे अक्सफोर्ड-आस्ट्राजेनेकाको खोप लगाउन रोक


- दृष्टि संवाददाता

630
Shares

एजेन्सी, २६ माघ । दक्षिण अफ्रिकाले ‘अक्सफोर्ड आस्ट्राजेनेका’ले बनाएको कोरोना भाइरसविरुद्धको खोप लगाउन रोक लगाएको छ । कोरोनाभाइरसको नयाँ प्रकारविरुद्ध खोपको नतिजा प्रभावकारी नभएपछि त्यसको प्रयोग रोकिएको हो ।

वैज्ञानिकका अनुसार दक्षिण अफ्रिकाका नयाँ संक्रमितमध्ये ९० प्रतिशत नयाँ प्रकार वा भेरीअन्टबाट प्रभावित रहेको पाइएको छ । ‘अक्सफोर्ड आस्ट्राजेनेका’को खोपले कोभिड–१९ का हल्का तथा मध्यम खालका बिरामीलाई पनि खास काम नगरेपछि रोक लगाइएको बीबीसीले जनाएको छ ।

दुई हजार हाराहारी मानिस सम्मिलित एउटा अध्ययनले खोपको प्रभावकारिता नभएको पुष्टि गरेको जनाइएको छ । दक्षिण अफ्रिकाले ‘अक्सफोर्ड आस्ट्राजेनेका’को खोपको १० लाख मात्रा प्राप्त गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्