Logo
Logo

अमेरिकी सहयोगको शिक्षामन्त्री श्रेष्ठले गरे प्रशंसा


- दृष्टि संवाददाता

693
Shares

काठमाडौं, २६ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विद्यालय क्षेत्र सुधार कार्यक्रम र दुर तथा प्राथमिक शिक्षाका विकासमा अमेरिकी सरकारको सहयोग उल्लेखनीय रहेको बताएका छन् । मन्त्री श्रेष्ठले नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीसँग आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा दुई देशको आपसी सम्बन्ध आगामी दिनमा अझै सुमधूर हुने विश्वास व्यक्त गरेका हुन् ।

प्राकृतिक विपद् वा कोरोना महामारीका समयमा अमेरिकी सरकारले उपलब्ध गराएको मानवीय सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्री श्रेष्ठले अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडन र उपराष्ट्रपति कमला ह्यारिसको कार्यकाल सफलताको शुभकामना दिए ।

छलफलमा राजदुत बेरीले अमेरिकी सरकारले बहुपक्षीय ढंगबाट सहयोग गर्ने जानकारी दिँदै नेपालप्रति अमेरिकी सरकारको नीतिमा कुनै परिवर्तन नआएको स्पष्ट पारेका थिए । नेपालको प्राथमिक र दूर शिक्षामा आफ्नो सहयोग वृद्धि हुन सक्ने विश्वास पनि राजदुत बेरीले सुनाए ।

प्रतिक्रिया दिनुहोस्