Logo
Logo

यातायात व्यवसाय प्रविधि मैत्री बन्छ : सञ्चारमन्त्री गुरुङ


- दृष्टि संवाददाता

315
Shares

काठमाडौं, २६ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यातायात व्यवसायलाई प्रविधिमैत्री बनाउने प्रतिबद्वता जनाएका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सोमबार नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका पदाधिकारीसँगको छलफलका क्रममा मन्त्री गुरुङले ट्याक्सी, बस, कारलगायतका सार्वजनिक सवारी साधन सञ्चालनको कामलाई प्रभावकारी बनाउन यातायातको क्षेत्रलाई प्रविधिमैत्री बनाउनेमा जोड दिएका हुन् ।

मन्त्री गुरुङले भने, ‘ग्राहकलाई ठगिन नदिन तथा सडक जामलगायतका समस्या नहुने व्यवस्था मिलाउन पनि यातायात व्यवसायलाई प्रविधिसँग जोडेर अघि बढनुुको विकल्प छैन ।’

मन्त्री गुरुङले अन्तर्राष्ट्रिय मापदण्डको आधारमा सवारी साधनको सञ्चालन र व्यवस्थापन गर्न सवारी चालकलाई आग्रह गर्दै सामाजिक सेवाको भावनानुसार बिरामीलाई निःशुुल्क सेवा दिन पनि सवारी चालकलाई आग्रह गरे ।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यातायात ऐन प्रतिकूल हुने गरी सञ्चालनमा आएका सवारी साधनको व्यवस्थापनमा लागि पर्ने बताए ।

समाजका अध्यक्ष पूूर्णलाल मोक्तानले जथाभावी भाडा असुली गरिरहेका तथा ऐन विपरीत सञ्चालनमा आएका निजी कार, भ्यान, जीपको अनुुगमन गरी कारवाही गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्