Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : निर्वाचनमा जानु संवैधानिक कदम भएको वरिष्ठ अधिवक्ताको दावीदेखि शेयर बजारमा रेकर्डसम्म


- दृष्टि संवाददाता

1.1k
Shares

हेडलाइन्स् :

१. प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ११ जना वरिष्ठ अधिवक्ताको बहस, प्रधानमन्त्रीसँग संसद विघटन गर्ने अधिकार रहेको दलिल पेश, सर्वोच्चका पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोक मनाउन मंगलबार बहस नहुने ।

२. प्रधानमन्त्रीमा आफ्नो दावी नरहने नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालको भनाइ, लोकतन्त्र र संविधान बचाउनु मुख्य दायित्व भएको प्रष्टोक्ति, बुधबार हुने प्रदर्शनका लागि जुलुसको स्थान र नेतृत्वकर्ता तोकियो, रौतहटमा निकालियो राँके जुलुश ।

३. तोकिएको मितिमै चुनाव हुने नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको दावी, बहुमत आउनेमा निश्चिन्त हुन सुझाव, तत्काल प्रतिनिधिसभा विघटनविरुद्धको संयुक्त आन्दोलनमा कांग्रेस सहभागी हुनुको औचित्य नरहेको महामन्त्री शशांक कोइारालाको भनाइ ।

४. बैतडीको डोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथीको भेजिनल श्वाब परीक्षणका लागि काठमाडौं ल्याइयो, परीक्षणका आधारमा शंका लागेका व्यक्तिसँग परीक्षण गर्ने, बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि, गाउँपालिकामा संघर्ष समिति गठन गरेर प्रदर्शन जारी, हत्या भएको पाँच दिन बितिसक्दा पनि अपराधीको ‘क्लु’ पत्ता लागेन ।

५. ६ महिनापछि सुरु भयो सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरु, बैतडीमा हत्या भएकी भागरथीका हत्यारा पत्ता लगाउन माग, हत्यालाई प्रदेश सरकारले गम्भीर रूपमा नलिएको सांसदहरूको आरोप ।

६. नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियानको दोस्रो चरण सुरु, कुटनीतिक नियोगका प्रमुख र फ्रन्टलाइनमा रहेर काम गरेका पत्रकारलाई लगाउन थालियो, पत्रकारलाई अहिले नै खोप लगाइएकोमा मिश्रित प्रतिक्रिया ।

७. आर्थिक वर्ष २०७७÷७८ को ६ महिनामा ६ खर्ब ४५ करोडको व्यापारघाटा, वस्तु निर्यात वृद्धिदर पनि घट्यो, भारतबाट भएको आयात ३ दशमलव ५ प्रतिशतले बढ्यो, चीनसँग १८ दशमलव ५ प्रतिशतको कमि ।

८. शेयर बजारमा पुनः रेकर्ड, बजार ३७ दशमलव ४८ अंकले बढ्यो, लगानीकर्ताको आकर्षण बैंकिङ समूहमा हुँदा कारोवार रकम १० अर्ब ६१ करोड रुपैयाँ नाघ्यो, धरौटी रकम फिर्ता माग्दै निर्माण व्यवसायीले अर्थमन्त्री भेटे, खरिद नियमावली पुनः संशोधन गर्न माग ।

९. राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले क्लबको अपराजित यात्रा कायमै, उदयपुरको चौदण्डीगढी नगरपालिका चौधका विरुद्ध शून्य गोल अन्तरले पराजित, सावित्रा एक्लैले हानिन् आठ गोल, ओमानमा हुने भनिएको त्रिकोणात्मक सिरिज सर्ने सम्भावना, अमेरिकाले बन्द गर्‍यो प्रशिक्षण ।

१०.र, भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु, दुई सय भन्दा बढी बेपत्ता, दक्षिण अफ्रिकामा अक्सफोर्ड–आस्ट्राजेनेकाको खोप लगाउन रोक, इरानमाथिको प्रतिबन्ध फुकुवा नगर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइ, सैन्य कु विरुद्ध म्यानमार प्रदर्शन, हजारौं मानिस सडकमा ओर्लिए ।

प्रतिक्रिया दिनुहोस्