काठमाडौं, २७ माघ । जल तथा मौसम सवज्ञान विभागले आजको मौसम पुर्वानुमान जारी गरेको छ । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही वाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।
विभागले जनाए अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही वाँकी स्थानमा मौसम सफा रहने छ ।
त्यस्तै, आज राती सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही वाँकी स्थानमा मौसम सामान्यतया सफा रहने विभागको वूर्वानुमान छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
काठमाडौंको आजको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । विहान ५ः४५ बजे काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । आज दिउँसो काठमाडौंमा पारिलो घाम लाग्ने छ भने तापक्रम २०–२२ डिग्री सेल्सियससम्म पुग्ने छ ।