Logo
Logo

फित्ताले बाटो नाप्दै बालुवाटार


- दृष्टि संवाददाता

4.2k
Shares

काठमाडौं, २७ माघ । आफू टेक्निकल हिसाब गर्ने मानिस भएको भन्दै प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने– ‘त्रिचन्द्रबाट नारायणहिटीसम्म एक किलोमिटर होला, चौडाइ ७० मिटर होला । त्यसको क्षेत्रफल ५ लाख वर्गफिटभन्दा बढी हुन्छ । एउटा मान्छेले कति ठाउँ ओगट्यो होला ? सामान्यतया बस्दा २ फिट हुन्छ, ६ फिट राखेर हिसाब गर्दा त्यहाँ १ लाख २४ हजार मान्छे अट्छन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको यो ‘स्टाटस’ सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको छ । माघ २३ गते शुक्रबार नारायणहिटी दरबारको मूलगेटमा मञ्च बनाएर प्रधानमन्त्री ओलीले गरेको जनसभामा कति मान्छे जम्मा भयो भन्ने हिसाब किताब अहिले बालुवाटारमा भइरहेको रिमालको यो स्टाटसले बताउँछ । रिमालका अनुसार फित्ताले नाप्दा १ लाख २४ हजार मान्छे जम्मा भएको अनुमान छ । उनको यही तथ्यांकका आधारमा प्रधानमन्त्री ओलीले त्यस दिनको जनसभालाई ऐतिहासिक जनसभा भने । त्यस अगाडि प्रधानमन्त्री ओलीले गल्लीमा दुई/चार सय मान्छे जम्मा गर्दैमा आमसभा हुन्छ भन्दै प्रचण्ड–माधवको आमसभालाई होच्याउँथे ।

वास्तवमा त्यस दिन नारायणहिटी वरपर कति मान्छे जम्मा भएका थिए भन्ने कुरा राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आ–आफ्नो रिपोर्ट प्रधानमन्त्रीलाई बुझाइसकेका छन् । बालुवाटार स्रोतका अनुसार विभिन्न निकायले बुझाएको छुट्टाछुट्टै रिपोर्ट जोड्दा पनि १ लाख २४ हजार पुग्दैन । विभिन्न सुरक्षा निकायले बुझाएको रिपोर्टमा ३०/३५ हजार मान्छे आएको तथ्यांक छ ।

वास्तवमा त्यस दिन नारायणहिटी वरपर कति मान्छे जम्मा भएका थिए भन्ने कुरा राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आ–आफ्नो रिपोर्ट प्रधानमन्त्रीलाई बुझाइसकेका छन् । बालुवाटार स्रोतका अनुसार विभिन्न निकायले बुझाएको छुट्टाछुट्टै रिपोर्ट जोड्दा पनि १ लाख २४ हजार पुग्दैन । विभिन्न सुरक्षा निकायले बुझाएको रिपोर्टमा ३०/३५ हजार मान्छे आएको तथ्यांक छ ।

तर, उनकै प्रमुख राजनीतिक सल्लाहकारले प्रधानमन्त्रीलाई ‘उल्लु’ बनाउँदै १ लाख २४ हजार उपस्थिति भएको भनेर सामाजिक सञ्जालमा रमिता देखाइरहेका छन् । यो भन्दा टिठलाग्दो अवस्था बालुवाटारमा अरु के होला ? प्रतिनिधिसभाको निर्वाचनमा माओवादीसँग गठबन्धन गर्दा नेकपाले करिब ४५ लाख मत पाएका थिए । त्यो मतका अनुसार पनि काठमाडौँबाट मात्र १ लाखभन्दा बढीको उपस्थिति हुनुपर्ने हो । तर, दुर्भाग्य प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका लाखौं मतदाता ओलीसँग रुष्ट छन् । ती रुष्ट मतदाता ओलीको प्रतिगमनविरुद्ध सडक आन्दोलनमा छन् । र, प्रचण्ड–माधव समूहमा आवद्ध भएका छन् । अब साँच्चै नै ओलीले जनसभा कस्तो हुनुपर्छ भन्ने कुरा हेर्न माघ २८ गते रत्नपार्कमा हुने प्रतिगमनविरुद्धको आमसभामा आउनुपर्ने हुन्छ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको हातमा रहेको रिपोर्ट यस्तो छ– ‘आज मिति २०७७।१०।२३ गते काठमाडौंमा हुने नेकपा वलि पक्षको कार्यकर्ताहरू नागढुंगा नाका हुँदै आजको विशाल जनप्रदर्शनमा सहभागी हुनको लागि निम्न प्रदेशहरूबाट भित्रिएका कार्यकर्ताको विवरण । प्रदेश नं १ (नौ वटामा ३०१ जना), प्रदेश नं २ (१०६ वटामा ३९५६ जना), प्रदेश नं ३ (६ वटामा १३२ जना), प्रदेश नं ४ (२५ वटामा ७५८ जना), प्रदेश नं ५ (४ वटामा १४८ जना), प्रदेश नं ६ (३ वटामा १०२ जना) र प्रदेश नं ७ (छैन) । जम्मा बसहरू १५३ वटामा ५३९७ जना, साना निजी र टाटासुमो ३८ वटामा २५९ जना गरी जम्मा ५६५६ जना भित्रिएका छन् ।’

बिहान ०९ः०० बजेसम्म अबडेट । नोट : साना तथा ठूला सवारीसाधन १९१ वटा भित्रिएको छन् ।

अब तपाईं आफैँ भन्नुस्, प्रमुख सल्लाहकारल फित्ताले नापेका संख्या ठिक कि विभिन्न सुरक्षा निकायले दिएको रिपोर्ट ? आफ्नै सुरक्षा निकायको रिपोर्टमा विश्वास नगर्ने प्रधानमन्त्रीले देश कसर िचलाइरहेका छन् भन्ने कुरा अझ रहस्यमय छ ।

प्रतिक्रिया दिनुहोस्