Logo
Logo

विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्र शाक्य नियुक्त


- दृष्टि संवाददाता

1.4k
Shares

काठमाडौं, २७ माघ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई सरकारले नियुक्ति गरेको छ। कायममुकायम कार्यकारी निर्देशक शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्ति दिने सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि कार्यकारी निर्देशक पद खाली रहेको थियो ।

लामो समयदेखिको लोडसेडिङ अन्त्य गराउन ठूलो योगदान गरेको भन्दै पुनः घिसिङलाई नै नियुक्ति गर्नुपर्ने भन्दै नागरिकले चर्को आवाज उठाइरहेका थिए। तर, सरकारले भने आम नागरिकको आवाजको बेवास्ता गर्दै सोमबार शाक्यलाई कार्यकारी निर्देशक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्