Logo
Logo

मन्त्रिपरिषदको निर्णयः वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन


- दृष्टि संवाददाता

1.4k
Shares

काठमाडौं, २७ माघ । सरकारले दुई चरणमा गर्ने गरी वैशाख १७ र २७ का लागि घोषित निर्वाचनबारे निर्णय गरेको छ । प्रतिनिधिसभा विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको एक एक मन्त्रीले जानकारी दिए । वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको उनको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले सो सिफारिसलाई सोहि दिन सदर गरिदिएकी थिइन् । त्यसविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा बहस भईरहेको छ ।

यो पनि पढ्नुहोस्

पार्टी आधिकारिकता दाबी गर्न ओली निर्वाचन आयोग जाने

प्रतिक्रिया दिनुहोस्