Logo
Logo

उच्च आर्थिक वृद्धिदर लक्ष्य हासिल नहुने, सरकारले बजेटको आकार घटायो


- दृष्टि संवाददाता

378
Shares

काठमाडौं, २७ माघ । उच्च आर्थिक वृद्धिदरको लक्ष्य लिएको सरकारले बजेटको आकार घटाएको छ । बजेको आकार घटेसँगै १३ खर्ब ४४ अर्बमात्र खर्च गरिने गरिने भएको छ ।

अर्थ मन्त्रालयले अर्धवार्षिक बजेट समीक्षा गर्दै १४ खर्ब ७४ अर्बको चालू आर्थिक वर्षको बजेट घटाएर १३ खर्ब ४४ अर्बमा झारेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले कुल बजेटको ९१ दशमलव १९ प्रतिशत मात्रै खर्च गर्ने संशोधित लक्ष्य राखिएको अर्धवार्षिक बजेट समीक्षा कार्यक्रममा जानकारी दिएका छन् ।

मन्त्रालयले यस वर्ष बजेटले तोकेको ७ प्रतिशत आर्थिक वृद्धिदर नहुने संशोधित अनुमान गरेको । यसको कारण कोरोना महामारीलाई भनिएको छ । संशोधित राजस्व लक्ष्य १० खर्ब ७४ अर्ब (राजस्व र आन्तरिक ऋणबाट) संकलन गर्ने लक्ष्य राखिएको छ भने वैदेशिक अनुदान पनि घटाएर ३५ अर्बमा झारिएको छ ।

प्रतिक्रिया दिनुहोस्