Logo
Logo

सरकारले निर्वाचन आयोगलाई दियो सात अर्ब


- दृष्टि संवाददाता

1k
Shares

काठमाडौं, २७ माघ । सरकारले निर्वाचन आयोगलाई सात अर्ब रूपैयाँ उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले आज अर्थ मन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा निर्वाचन आयोगलाई उक्त रकम उपलब्ध गराइएको जानकारी दिए । मन्त्री पौडेलका अनुसार सरकारले खर्च नहुने आयोजनाको रकम काटेर निर्वाचन खर्च जुटाउन लागेको छ ।

माघ २० गते बसेको आयोगको बैठकले सरकारसंग ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ मागेको थियो ।

सरकारले वैशाख १७ र २७ मा निर्वाचन गर्ने बताएको छ । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए ।

यस सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्