काठमाडौं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धा सर्वोच्च अदालतमा बहसकै क्रममा रहेको बेला राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता सम्पन्न भएको हो ।
राजनीतिक संकट बढ्दै गएको बेला राष्ट्रपति र प्रधानमन्त्रीको भेटलाई अर्थपूर्ण मानिएको छ ।
निर्वाचन तयारीको अवस्था बुझ्न निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओली आयोगबाट बालुवाटार नफर्की सिधै राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन ।