Logo
Logo

सामाजिक संजाल प्रयोगमा कडाइ गर्दै सरकार


दृष्टि संवाददाता

378
Shares

काठमाडौं, २७ माघ । स्वतन्त्रताको नाममा उच्छृङ्खल गतिविधि भइरहेका भन्दै सरकारले सामाजिक संजाल प्रयोगमा कडाइ गर्ने भएको छ । सरकारले सामाजिक सञ्जाल निर्देशिका–२०७७ मार्फत सामाजिक संजाल प्रयोगमा कडाइ गर्न लागेको हो ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले स्वतन्त्रताका नाममा उच्छृङ्खल गतिविधि भइरहेका भन्दै त्यसलाई रोक्न निर्देशिका ल्याउन लागिएको जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भने– ‘स्वतन्त्रताका नाममा दर्ताविनाका अनलाइन, सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतमा अराजक र उच्छृङ्खल गतिविधि बढेको छ । राष्ट्रपतिलगायत सम्मानित संस्थाहरुमाथि जथाभावि लेख्ने, व्यक्तिगत गालीगलौज गर्ने क्रम बढेको छ । त्यसलाई रोक्न सामाजिक सञ्जाल सञ्चालन निर्देशिका–२०७७ ल्याउने सरकारले तयारी गरेको छ । प्रधानमन्त्रीको असंवैधानिक कदमलाई साथ दिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको समेत आलोचना हुँदै आएको छ । यस्तै घटनाहरुलाई मध्यनजर गर्दै सरकारले निर्देशिका ल्याउन लागेको हो । सरकारले निर्देशिका ल्याउने भएपछि सरकार अभिव्यक्ति स्वतन्त्रताविरुद्ध लागेको भन्दै आलोचना सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्