Logo
Logo

लागुऔषध प्रयोग गर्नेमा पुरुष बढी : सर्वेक्षण


दृष्टि संवाददाता

693
Shares

काठमाडौं, २७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लागु औषध प्रयोगकर्तामा गरेको सर्वेक्षण सार्वजनिक गरेको छ । मन्त्रालय अन्तर्गत राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको नेतृत्वमा सातै वटा प्रदेशमा ‘एकीकृत जैविक तथा व्यवहारिक सर्भिलेन्स सर्वेक्षण २०२०’ सार्वजनिक भएको हो ।

सर्वेक्षणमा एचआईभी र यौन रोगको ज्ञान, त्यस सम्बन्धी जोखिम व्यवहारहरू सुई प्रयोग गर्ने अभ्यास व्यापकता दरको मापन गरिएको थियो । अध्ययनमा १ हजार ६ सय ९० जना सुईद्वारा लागूऔषध प्रयोगकर्ता पुरुष र १ सय ५० जना महिलालाई सहभागी गराइएको थियो । सुईद्वारा लागूऔषध प्रयोगकर्ताहरुको तुलनामा महिलाको सञ्जाल कमजोर पाइएको छ ।

सर्वेक्षण लिइएका प्रदेशहरू : प्रदेश नम्बर १, वागमती प्रदेश र गण्डकी प्रदेश
सर्वेक्षण गरिएको उमेर समूह : पुरुष सहभागीको २८ वर्ष र महिला सहभागीको २५ वर्ष

सर्वेक्षणको नतिजा :
–नेपालमा सुईद्वारा लागूऔषध प्रयोगकर्ताहरुको एचआईभी प्रिभेलेन्स पुरुषमा २ दशमलव ८ प्रतिशत र महिलामा २ दशमलव शून्य प्रतिशत ।
– सहभागी मध्ये १९ प्रतिशत पुरुषले एक अर्कासँग सुई साटासाट गर्ने, ४३ प्रतिशतले एउटै सुई एक महिनासम्म प्रयोग गर्ने गरेको तथ्यांक ।
–सहभागी महिला मध्ये ९ प्रतिशतले ९ प्रतिशतले एक अर्कासँग सुई साटासाट गर्ने गरेको, २९ प्रतिशतले एउटै सुइ एक अर्कासँग महिनाभरि प्रयोग गर्ने गरेको तथ्यांक ।
–सुईद्वारा पुरुष लागु औषध प्रयोगकर्तामा हेपाटाइटीस ‘सी’को संक्रमण १३ प्रतिशत र महिलामा ८ प्रतिशत देखियो ।

सर्वेक्षणले यि बाहेक यौन सम्पर्कमा नियमित कण्डमको प्रयोग गर्ने व्यवहारमा कमि, एचआईभी संक्रमण सम्बन्धी ज्ञानको अभाव रहेको समेत निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्