Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : चुनावको तयारीमा सरकारदेखि सामाजिक सञ्जाल प्रयोगमा कडाईसम्म


दृष्टि संवाददाता

567
Shares

हेडलाइन्स् :

१. प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी रहँदा सरकार चुनावी तयारीमा, वैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा मध्यावधि निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय, निर्वाचनका लागि रकम अभाव नहुने सरकारको आश्वासन ।

२. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा निर्वाचन आयोग पुगेर चुनावी तयारीबारे आयोगका पदाधिकारीसँग छलफल, चुनावी तयारीमा लाग्न निर्देशन, औपचारिक जानकारी बाहेक अन्य कुनै विषयमा नअलमलिने आयोगको प्रतिबद्धता ।

३. नेकपा प्रचण्ड–माधव समूहको भोलि (बुधबार) प्रदर्शन, सहभागी हुन नागरिकसँग अपिल, तीन लाख मानिस उतार्ने दावी, सेटिङ अनुसार चले मुलुक ठूलो राजनीतिक भूमरिमा फस्ने प्रचण्डको चेतावनी, लोकतन्त्र धरापमा परेकाले अन्तर्राष्ट्रिय समुदायसँग छिट्टै संयुक्त छलफल गर्ने प्रचण्ड–माधव समूहको तयारी ।

४. सामाजिक सञ्जाल प्रयोगमा कडाई गर्ने सरकारको तयारी, सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने माध्यमलाई कारवाही गर्ने सङ्केत, मलेशियामा ज्यान गुमाउने श्रमिकका परिवारले ९० प्रतिशत पेन्सन पाउने सरकारको निर्णय ।

५. अर्थ मन्त्रालयद्वारा बजेटको अर्ध वार्षिक समीक्षा, संशोधित कार्ययोजना बनाई बजेट कार्यान्वयन गर्ने तयारी, सवा खर्ब बजेट घटाएर १३ खर्ब ४४ अर्ब मात्रै खर्च गर्ने सरकारको लक्ष्य ।

६. बैतडीको डोकडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथीको बलात्कारपछि हत्या भएको एक साता नाघ्यो, प्रहरीले अझै फेला पार्न सकने अपराधी, अनुसन्धान जारी रहेको दावी, भागरथीको सम्झनामा काठमाडौंमा दीप प्रज्वलनको आयोजना ।

७. नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी आजबाट पुनः खुल्यो, सामान लोड भएका तीन वटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयद्वारा जानकारी, अब दैनिक २० कन्टेनर सामान आउने, व्यवसायीहरुले नयाँ सामान आयातको गरे थालनी ।

८. शेयर बजारमा बल्ल सुरु भयो करेक्सन, सूचक घटेसँगै कारोबार रकम पनि घट्न थाल्यो, खरिद विक्रीमा माहोल जारी, २१ दशमलव ०१ अंकले घटेर बजार बन्द ।

९. राष्ट्रिय महिला लिग फुटबलमा आर्मी र पुलिस विजयी, आर्मीद्वारा वालिङ नगरपालिका दुईका विरुद्ध शून्य गोल अन्तरले पराजित, पुलिसद्वारा विराटनगरलाई तीनका विरुद्ध शून्य गोल अन्तरले पराजित, शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक, फागुन ११ बाट सुरु हुने खेल चैत ५ मा सकिने ।

१०.र, म्यानमारको सैन्य ‘कु’का विरुद्ध भएको शान्तिपूर्ण प्रदर्शनमा हवाइफायर, अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन संवाद, म्यानमार भएको कुको बारेमा छलफल, हिमपहिरोका कारण भारतमा २६ को मृत्यु, अझै एक सय ८० बेपत्ता, पूर्वअमेरिकी राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोगको सुनुवाइ सुरू ।

प्रतिक्रिया दिनुहोस्