काठमाडौं, २८ माघ । पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । पश्चिमी वायुको प्रभावका कारण सदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का पहाडी भूभागमा बदली हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
अन्य स्थानमा सामान्यतया मौसम सफा रहने विभागको भनाइ छ । काठमाडौं र प्रदेश २ मा बादल लागेपनि पानी पर्ने सम्भावना कम रहेको मौसमविद्हरुले जनाएका छन् । काठमाडौंमा साँझ बादल हट्ने विभागको भनाइ छ ।
उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।