Logo
Logo

केपी ओलीको फाँसीवादी कदम आन्दोलनले समाप्त पार्नेछः नारायणकाजी श्रेष्ठ


दृष्टि संवाददाता

567
Shares

काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली अवैधानिक रुपमा सरकारमा बसिरहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले ओली अवैधानिक रुपमा सरकारमा बसिरहेको बताएका हुन । उनले भने– ‘केपी ओली अवैधानिक रुपमा सरकारमा बसेका छन् । उनले गरेका सबै नियुक्तिहरु अवैधानिक हुन । अवैधानिक सरकार र अवैधानिक सरकारले गरेका सबै नियुक्तिहरु खारेज गरिन्छ । आन्दोलनले सबै नियुक्तिहरु खारेज गरिदिन्छ ।

प्रधानमन्त्री ओलीले लोकतन्त्र समाप्त पार्न चुनाव घोषणा गरेको समेत बताएका छन् । उनले भने– ‘सरकारवादी पक्षहरु लोकतन्त्रको रक्षाका लागि चुनाव घोषणा गरिएको भन्दैछन् । तर, संविधान विपरित घोषणा गरेको चुनावले लोकतन्त्र समाप्त गर्छ । यस्ता लोकतन्त्र विरोधी गतिविधि आन्दोलनबाट समाप्त पारिनेछ ।

प्रवक्त श्रेष्ठले केपी ओलीको नेतृत्वमा नेपालमा फाँसीवाद यात्रा तय भएको समेत बताएका छन् । तर, ओलीको फाँसीवादी कदम समाप्त पारिनेछ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्