काठमाडौं, २८ माघ । नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गर्ने छ जना पक्राउ परेका छन् ।
गत माघ ११ गते ताहाचाल बस्दै आएका एक व्यक्तिलाई १ किलो नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।
सो आधारमा महानगरीय अपराध महाशाखाले गरेको अनुसन्धानपछि ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रे घर भइ काठमाडौंको बालाजु बस्ने सन्त बहादुर लामा, नुवाकोट घर भइ तारकेश्वरको शान्तिटोल बस्ने ऋषमान घले, जेरी तामाङ, र मेख तामाङ, झापा घर भइ ताहाचल बस्ने अभय कुमार चौधरी तथा नुवाकोट घर भइ जरङगु बस्ने राज तामाङ रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट बस्ने ९ लाख ५० हजारका साथै मोटरसाइकल २ थान र मोबाइल ५ थान बरामद गरेको छ ।