काठमाडौं, २८ माघ । नेकपा प्रचण्ड–माधव समूहको विरोध सभास्थलमा निस्किएको फोहोरको व्यवस्थापन सोही पार्टीका नेता कार्यकर्ताहरुले गरेका छन् । सभा समापनलगत्तै पार्टीका नेता कार्यकर्ता आफैं जुटेर कार्यक्रमस्थलको फोहोर व्यवस्थापन गरेका हुन् ।
उक्त प्रदर्शनका क्रममा भृकुटीमण्डपस्थित सडकमा जम्मा भएको फोहोर उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा सफाइ गरिएको छ । सभाका क्रममा भएकाे फाेहाेर बढाल्ननेकपा प्रवक्ता नारायणकाजी नै झाडु लिएर सडकमा निस्किएका छन् ।
यसअघि माघ २३ गते नेकपा ओली समूहले दरबारमार्गमा सभा गरेको थियो । सभा सकिएपछि सभास्थलमा जताततै फोहोर देखिएपछि ओलोचना भएको थियो । सडकभरी पानीका बोतल, प्लाष्टिक, बदामका बोक्रा, झण्डा राख्न प्रयोग गरिएका बाँस, झण्डा यत्रतत्र छरिएपछि ओली समूह ओलोचित बनेको थियो ।