Logo
Logo

आठ अंकले बढ्यो शेयर बजार


दृष्टि संवाददाता

252
Shares

काठमाडौं, २८ माघ । बुधबार नेप्से परिसूचक आठ अंकले बढेर बन्द भएको छ । कारोवारको सुरुवातमा तीव्र अंकले ओरालो लागेको बजार २ हजार ५ सय ४२ अंकमा पुगेर बन्द भएको हो ।

सुरुवातमा २ हजार ५ सय ४८ अंक सम्म उकालो लागेको बजार लगत्तै २ हजार ५ सय ११ अंक सम्म झरेको थियो । पहिलो आधा घण्टासम्म अघिल्लो दिनकै लयलाई पछ्याएको नेप्सेले त्यसपछि बाटो परिवर्तन गरेको हो । बैंकिङ्ग उपसमूहको परिसूचक बढेपछि बुधबार नेप्से बढ्न पुग्यो ।

बुधबार ग्लोबल आइएमई बैंकको सर्वाधिक ५२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । प्रभु बैंकको ४६ करोड र कुमारी बैंकको ३७ करोड रुपैयाँको किनबेच भएको छ ।

शिखर इन्स्योरेन्सको ३३ करोडको किनबेच हुँदा नेपाल क्रेडिट एण्ड कमर्स बैंकको २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । अधिकांश उपसूचक समेत रातो देखिएको बजारमा निर्जीवन बीमा समुह ६२ अंक, होटल ४४ अंक, फाइनान्स ३८ अंक र बैंकिङ समुह २६ अंकले बढेका छन् ।

बजारमा १९१ कम्पनीको ६२ हजार १५ पटकको कारोबारमा ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेपनि यो सन्तोषजनक नै मानिएको छ । ०००

प्रतिक्रिया दिनुहोस्