Logo
Logo

मुद्दा चलाउने विषयमा गहिरिएर अध्ययन गर्न महान्यायाधिवक्ताकाे आग्रह


दृष्टि संवाददाता

6.9k
Shares

इलाम, २८ माघ । महान्यायाधिवक्ता अग्नि खरेलले मुद्दा चलाउने विषयमा गहिरिएर अध्ययन गर्न अधिवक्तालाई आग्रह गरेका छन् । उच्च सरकारी वकिलको कार्यालय इलामकोे नवनिर्मित भवनको भर्चुअल माध्यमबाट बुधबार उद्घाटन गर्दै उनले विषवस्तुमाथि गहिरिएर अध्ययनपछि मात्र मुद्दाको काम गर्न अधिवक्तालाई आग्रह गरे ।

‘अपराध गर्ने मान्छेले पनि शर्तकताका साथ अपराध गरिरहेको हुन्छ’, महान्यायाधिवक्ता खरेलले भने, ‘प्रमाण जुटाउनुपर्ने क्रममा सरकारी वकिलको गम्भीर दायित्व रहेको हुन्छ, त्यसैले राम्ररी अध्ययन अनुसन्धान गरेर मात्र मुद्दा चलाउनुहोस् ।’

मूल्य अभिवृद्धि कर बाहेक रु तीन करोड २२ लाख पाँच हजार ३ सयको लागतमा निर्माण सम्पन्न भएको पाँच तले भवनमा १८ कोठा छन् । लिफ्टसहितको भवन अपाङ्गमैत्री रहेको उच्च सरकारी वकिल कार्यालय इलामका सहन्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले जानकारी दिए ।
२०७८ जेठ २३ गतेसम्ममा भवनको निर्माण सम्पन्न गर्ने गरी २०७६ जेठ २४ गते जोशी नायग्रा शङ्कर जेभी इलामले निर्माणको ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले सम्झौता मितिभन्दा अगाडि नै भवन निर्माण गरेर सो कार्यालयको जिम्मा लगाइएको बताइएको छ ।०००

प्रतिक्रिया दिनुहोस्