Logo
Logo

यस्तो छ आजको मौसम पुर्वानुमान


दृष्टि संवाददाता

1.4k
Shares


काठमाडौं, २९ माघ ।
अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ भने तराई तथा पहाडका केही भू-भागमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले जनाए अनुसार दिउँसो वाग्मती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश १ मा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम सफा रहनेछ । आजराति वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश १ मा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

 

विभागले उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको सम्भावना र तराईका केही भू-भागमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

उपत्यकामा आज न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस
काठमाडौंमा आजको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजे काठमाडौंको तापक्रम ६.५ डिग्री सेल्यिस मापन गरिएको छ ।

काठमाडौंको दिउँसोको तापक्रम २०–२२ डिग्री सेल्सियस पुग्ने छ । दिउँसो मौसम सफा रहे पनि अपराह्न्न पछि बादल लाग्ने छ । करिब तीनदिनसम्म मौसममा बदली रहे पनि कमजोर मौसमी प्रणालीका कारण पानी भने नपर्ने मौसमविद्को भनाई छ । त्यस्तै तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागे पनि अधिकांश क्षेत्रमा अपराह्न्नपछि हटेर जाने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्